डा. हर्क गुरुङ उद्यान बनाउन आठ लाख सहयोग « Khabarhub

डा. हर्क गुरुङ उद्यान बनाउन आठ लाख सहयोग


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मर्स्याङदी गाउँपालिका-७ ताङलीचोकमा ‘डा हर्क गुरुङ उद्यान’ निर्माणका लागी सहयोग रकम जुटेको छ ।

डा. हर्क गुरुङ प्रतिष्ठानले डा. हर्क गुरुङको समाधी स्थल ताङलीचोकमा डा. गुरुङको सम्झनामा विभिन्न संरचना निर्माणको गुरुयोजना समेत निर्माण गरेकाले ल्हेंगे तमु समाज बेलायतले डा. हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख सहयोग गरेको हो ।

नेपालबाट युकेमा वसोवास गर्ने तमुहरुको सस्था ल्हेंगे तमु समाजले उत्तरी लमजुङको ताङ्लीचोकस्थित डा. हर्क गुरुङ समाधी स्थलमा विभिन्न संरचना निमार्णका लागि उक्त रकम सहयोग गरेको हो । ल्हेंगे तमु समाज युकेका सस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङले वडा अध्यक्ष युवा घलेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहाकारसमेत रहेका गुरुङले प्रतिष्ठानको योजना सफल बनाउन युकेस्थित नेपाली तथा विशेषगरी ल्हेगे तमु परिवारबाट रकम संकलन गरी प्रतिष्ठानलाई सहयोग गरेको बताए । करिब २५ रोपनी जग्गामा डा. हर्क गुरुङ पार्क, संग्राहलय र पुस्तकालय बनाउने प्रतिष्ठानको मुख्य योजनालाई मूर्त रुप दिन देशविदेशबाट सहयोग संकलनको क्रम जारी रहेको वडाअध्यक्ष युवा घलेले बताए ।

डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब ६० लाख लाग्ने अनुमान गरिएको छ ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ साल असोज ७ गते डा. गुरुङको निधन भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : २५ बजे

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला– जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि