विनाशर्त वार्तामा बस्न उत्तर कोरियालाई अमेरिकाको आह्वान « Khabarhub

विनाशर्त वार्तामा बस्न उत्तर कोरियालाई अमेरिकाको आह्वान


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ ।

उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सञ्चारकर्मीलाई भने, ‘केही गम्भीर छलफल सुरु गर्न पूर्णरुपमा उचित हो भन्ने हामी विश्वास गर्छौ ।’

अमेरिकाले अमेरिकी राष्ट्रपति जोन बाइडेन नेतृत्वमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ । तर, उत्तर कोरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेट गरेका थिए । तर, आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने किमको चाहना वार्तामार्फत पुरा हुन सकेको थिएन् ।

उत्तर कोरियाले सन् २०१७ पछिकै ठूलो मिसाई प्रहार गरेपछि एक अमेरिकी अधिकारीले त्यसबारे गम्भीर चासो देखाएका हुन् । ‘निश्चय नै हामीले उत्तरको पछिल्लो परीक्षणप्रति चासो देखाएका छौं’ ती अमेरिकी अधिकारीले भने ।

उत्तरको परीक्षण ‘बढ्दो अस्थिरताको’ ढाचाको अंश भएको र त्यसले राष्ट्रसंघको सुरक्षा परिषदको संकल्प प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उनको भनाई छ ।

यसैबीच, आइतबारको परीक्षण पुनः लामो दूरीको हतियार परीक्षणको तयारी हुन सक्ने अमेरिकाले अनुमान गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : ३७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका