निर्वाचनको मिति घोषणा गर्न अपाङ्ग सङ्गठनको माग « Khabarhub

निर्वाचनको मिति घोषणा गर्न अपाङ्ग सङ्गठनको माग


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।

सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराएका हुन् ।

नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुनेप्रति चिन्ता व्यक्त भइरहेको छ ।

सो सङ्गठनले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा अपाङ्गता सवाललाई समावेश हुने गरी संशोधन गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : ५७ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको