भारतमा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

भारतमा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

सोमबार बजेट सत्रको अधिवेशन उद्घाटन गर्ने क्रममा दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका राष्ट्रपति रामनाथ कोविन्दले खोप अभियान सुरु भएको एक वर्ष पुगेको र यसअवधिमा ९० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो डोज लगाएको जानकारी दिएका हुन् ।

उनका अनुसार पहिलो मात्रा लगाउने ९० प्रतिशत रहँदा दुवै डोज लगाउने ७० प्रतिशत रहेका छन् । जनवरी २०२१ बाट भारतमा खोप अभियान सुरु भएको थियो । यो एक वर्षमा पहिलो मात्रा लगाउने ९० प्रतिशत र दुवै डोज लगाउने ७० प्रतिशत रहेको राष्ट्रपति कोविन्दले बताए ।

उनका अनुसार भारतमा आठवटा खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । भारतमा बनेका तीनवटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : ०० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर