एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल « Khabarhub

एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सहयोग परियोजना(एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चा चलिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल भएको छ ।

छलफलमा तीन नेताहरूबीच स्थानीय तहको चुनाव र एमसिसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भइसकेको छ ।

बैठकमा सहभागी सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत शनिबार एमसिसीबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेपछि एमसिसी टेबल गर्नेबारे सहमति भएको बताए । कार्की कार्यदलका सदस्यसमेत हुन् । उनले हालका लागि एमसिसी मुद्धालाई बिथोलिन नदिनका लागि गठबन्धन दलहरु सहमत रहेको खुलाए ।

कार्यदलमा मन्त्री कार्कीसहित नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सदस्य छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : १० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका