इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध « Khabarhub

इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ ।

युरो कप–२०२० खेलका क्रममा मैदानमा अचेत भई लडेका क्रिष्टियन त्यसयता कुनै क्लबसँग पहिलोपटक जोडिएका हुन् । टोटनहमका पूर्वखेलाडी समेत रहेका इरिक्सन सात महिनापछि फुटबलमा पुनरागमन गर्न लागेका हुन् ।

२९ वर्षीय इरिक्सनले सन् २०२१–२२ को अन्त्यसम्म सम्झौता गरेको ब्रेन्टफोर्डले जनाएको छ । कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) जडान गरिएपछि इरिक्सन सिरी ए क्लब इन्टर मिलानमा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

‘म फेरि इरिक्सनसँग काम गर्न उत्साहित छु । उनी प्रिमियर लिगकै एक उत्कृष्ट मिडफिल्डर हुन्,’ ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्राङ्कले भनेका छन् ।

यसअघि इरिक्सनले टोनटहमबाट २२६ खेल खेल्दा ५१ गोल गरेका थिए । उनी सात वर्ष टोटनहममा रहे । पछिल्लो पटक उनले इन्टर मिलानमा ४३ खेल खेल्दा चार गोल गरेका थिए । डेनमार्कका लागि १०९ खेलमा ३६ गोल गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र