रेल्वेका पुराना कर्मचारीले कार्यालयमा लगाएको ताला प्रहरीले तोड्यो « Khabarhub

रेल्वेका पुराना कर्मचारीले कार्यालयमा लगाएको ताला प्रहरीले तोड्यो


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा लगाइदिएको ताला प्रहरीले तोडेको छ । आन्दोलनरत पुराना कर्मचारीले शुक्रबार लगाएको ताला प्रहरीले आज तोडिदिएको हो ।

आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै आएका छन् ।

नेपाल रेल्वेका महाप्रबन्धक झाले गैरकानुनी तरिकाले आफूहरूलाई हटाएर आफ्ना कार्यकर्ताहरूलाई गुपचुप तरिकाबाट तालिम दिइरहेको उनीहरूको आरोप छ । अहिलेको भर्ना बदर गरी आफूहरूलाई नियुक्त नगरेसम्म चरणबद्ध आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिँदै आएका छन् ।

रेल्वेका पुराना कर्मचारीलाई कामकाजमा खटाउने मन्त्रिपरिषद्को निर्णयबमोजिम तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले २०७८ साल वैशाख ४ गतेबाट उनीहरूलाई ज्यालादारीमा नियुक्त गरेका थिए । वैशाख ८ गतेबाट उनीहरूलाई भारतबाट प्रशिक्षक मगाएर विशेष तालिम पनि दिइएको थियो । तर, नयाँ महाप्रबन्धक निरञ्जन झा आएपछि २०७८ साल भदौं १८ गते सूचना निकालेर उनीहरूको हाजिरी रोक्का गरिदिएका थिए ।

झाले रेल्वेका पुराना ६५ सहित १ सय ५१ जनाको हाजिरी रोक्का गरिदिएका थिए । तर, अहिले आएर ६१ जनालाई भर्ना गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : ४९ बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद