एन्फाको कार्यसमिति बैठक २० माघमा « Khabarhub

एन्फाको कार्यसमिति बैठक २० माघमा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् ।

बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा एजेन्डामाथि छलफल भएको थियो ।

जुन बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए । उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र