स्थगित पुलिस र च्यासलको खेल शनिबार « Khabarhub

स्थगित पुलिस र च्यासलको खेल शनिबार


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौं चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगमी शनिबार हुने भएको छ ।

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

लिगमा खराब समयबाट गुज्रिरहेका दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । आठ खेलबाट पाँच अंक जोडेको च्यासल यो खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ । यस्तै, समान खेलबाट सात अंक जोडेको पुलिस पनि तालिकमा माथि उठ्नका लागि जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

खेलाडीमा कोभिड संक्रमण देखिएर स्थगित भएको जारी लिगको यो पहिलो खेल हो । नवौँ चरण सकिँदा लिग तालिकाको शीर्ष स्थानमा मछिन्द्र फुटबल क्लबले चार अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलको १९ तथा तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको १७ अंक छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र