नकारात्मक प्रचार मात्र गर्दा प्रदेशको प्रतिष्ठा गुम्छः मुख्यमन्त्री राउत « Khabarhub

नकारात्मक प्रचार मात्र गर्दा प्रदेशको प्रतिष्ठा गुम्छः मुख्यमन्त्री राउत


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले गर्ने जनपक्षीय कार्यहरूलाई वाइपास गरी नकारात्मक प्रचारलाई बढाबा दिने काम भइरहेको गुसानो गरेका छन् ।

जनकपुरधाममा सोमबार प्रदेश आमसञ्चार प्राधिकरणले राष्ट्रिय समाचार समितिका सञ्चारकर्मीका लागि गरेको अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले सामाजिक रूपान्तरणका लागि गरेका जनपक्षीय कार्यहरूलाई वाइपास गर्दै नकारात्मक प्रचारप्रसार मात्र गर्नाले प्रदेशको प्रतिष्ठा गुम्ने भन्दै मुख्यमन्त्री राउतले त्यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे । समाज परिवर्तनको जिम्मा जनप्रतिनिधिहरूको मात्र नरहेको भन्दै उनले सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले सञ्चारकर्मीहरूलाई निर्भीक भएर निष्पक्ष कलम चलाउनसमेत आग्रह गरे । कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शासक वर्गमा अझै केन्द्रिकृत मानसिकता कायम रहेकाले मधेस सरकारलाई काम गर्न समस्या हुने गरेको आरोप लगाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवसहितको सहभागिता थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ५३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज