हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु « Khabarhub

हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्ला जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालले एक हप्तापछि पुनः सेवा सुचारु गरेको छ । जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकोमा सबै सेवा एक हप्तापछि सुचारु गरेको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण बढ्ने त्रासपछि अस्पतालले अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि आकस्मिक बाहेक सबै सेवा बन्द गरेको थियो ।

संक्रमित स्वास्थ्यकर्मी आइसोलेसनबाट मुक्त भएकोले एक हप्तापछि जिल्ला अस्पताल हुम्लाले सबै सेवा पुनः सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए।

जिल्ला अस्पताल हुम्लाले अहिले सोमबारबाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु गरी नागरिकहरूलाई सेवा दिएको प्रमुख सिंहले बताए । नियमित अस्पताल सञ्चालन हुने भएपछि चिकित्सक र स्वास्थ्यकर्मी २४सै घण्टा सेवामा खटिएको उनी बताउँछन् ।

जिल्ला अस्पताल हुम्ला सोमबारबाट सञ्चालनमा आएको र कार्यालय खुलेको पहिलो दिनमै पचास जना बिरामीको ओपिडीमा चेकजाँच तथा उपचार भएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

अस्पताल सञ्चालनमा आय लगत्तै बिरामीलाई भर्नासमेत लिने जिल्ला अस्पतालको सूचना अधिकारी भक्त पडेराले जानकारी दिएका छन् । कोरोनाका कारण अस्पतालका सेवा बन्द हुँदा दीर्घरोगीहरू समस्यामा पर्दै आएका नागरिक समाजका अगुवा राजबहादुर रोकायाले बताए ।

यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसूति, कोरोना परीक्षण र खोप लगाउने कार्य सञ्चालन गरिएको भएता पनि अन्य सबै सेवा बन्द गरेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४५ बजे

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

घोडाघोडी– कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार

रास्वपा ३१ क्षेत्रमा विजयी हुँदा ८७ जनाको अग्रता

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चार निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१

रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी

भक्तपुर-२ मा पराजित भएपछि महेश बस्नेतले भने- राजनीतिमा हार-जित स्वभाविक हुन्

काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित