त्रिकोणात्मक सिरिजमा नेपालद्वारा पीएनजीलाई २०४ रनको विशाल लक्ष्य « Khabarhub

त्रिकोणात्मक सिरिजमा नेपालद्वारा पीएनजीलाई २०४ रनको विशाल लक्ष्य


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यू गिनी पीएनजीसामु २ सय ४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएपछि पीएनजीले २०४ रनको विशाल लक्ष्य पाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअनोसैना पोकनाले समान एक विकेट लिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  २ : २३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट