यस्तो छ संसारकै सबैभन्दा ठूलो विद्युतीय पानीजहाज (फोटो फिचर) « Khabarhub

यस्तो छ संसारकै सबैभन्दा ठूलो विद्युतीय पानीजहाज (फोटो फिचर)


१७ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर केडब्लूएच क्षमताको ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो ।

जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो बन्दरगाहमा फर्किएको थियो । शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युत्द्वारा संचालित रहेको दाबी गरिएको छ ।

सरकारले स्वच्छ ऊर्जा र हरित यातायातमा जोड दिइरहेका बेला विद्युतीय जहाजको महत्व बढेको छ । जहाजलाई याङ्त्जे नदीमा दृश्य अवलोकनको भ्रमणमा प्रयोग गरिएको बताइएको छ । १०० मिटर लामो र १६ मिटर फराकिलो जहाजले १३०० यात्रु बोक्न सक्छ ।

उक्त विशाल जहाज चाइना थ्री गर्जेज कर्पोरेसन र हुबेई यिचाङ यातायात समूहअन्तर्गत याङ्त्जे पावर कम्पनीले निर्माण गरेको हो । एक पटकको चार्जमा जहाजले १०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ ।

२ करोड ३५ लाख डलर लागतमा जहाज निर्माण भएको हो । शून्य प्रदूषण हुने यस जहाजबाट डिजेल इन्जिनको तुलनामा न्यून आवाज र भाइब्रेसन आउछ ।

तस्वीरहरु चाइना न्यूज सर्भिस

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ३ : ४७ बजे

एक बल नखेली आउट भइन् मेलबर्नकी डिएन्ड्रा डोटिन, के हो डब्लुबीबीएलको ‘फ्री बल’ नियम ?

काठमाडौं- सन् २०२६ को वुमन्स बिग ब्यास लिग (डब्लुबीबीएल) अन्तर्गत

‘भिखारी संघ’ को अनौठो नियम : ५ बजेपछि भिख मागे १५०० टाका जरिवाना

काठमाडौं– बंगलादेशको एउटा भिखारी संघले बजारमा बेलुकी ५ बजेपछि भिख

नेवार समुदायलाई दलित सूचीमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं– नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह

काठमाडौँ – नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष