महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्दै « Khabarhub

महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्दै


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् ।

न्यूजिल्याण्डको क्राईस्ट चर्चमा बिहिबार भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गरेसँगै फाईनलमा प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रन बनायो । उसका लागि ड्यानी व्याटले १ सय २९ रन र सोफिया डंकलेले ६० रन जोडिनन् ।

२ सय ९४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ३८ ओभरमा समेटिंदा मात्र १ सय ५६ रन बनायो । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न सोफी एक्लेस्टोनले ६ विकेट र अन्या श्रबसोलले २ विकेट लिए ।

यसअघि भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १ सय ५७ रनले पराजित गरेर फाईनल पुगेको हो । उपाधीका लागि अष्ट्रेलिया र इङ्ल्याण्ड चैत ३ गते भिड्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ३४ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त