प्रहरी महानिरीक्षक नियुक्ति विवाद -एआईजी पोखरेलको रिट श्रेष्ठ र चुडालको इजलासमा  « Khabarhub

प्रहरी महानिरीक्षक नियुक्ति विवाद -एआईजी पोखरेलको रिट श्रेष्ठ र चुडालको इजलासमा 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज हुँदै छ ।  न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो ।

रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल हुन् ।  उनले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् । 

वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ । यस्तै, सिंहलगायतलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै अन्तिम सुनुवाइ हुँदै छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : ४३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु