मोना लिसाको चित्रमाथि केक प्रहार | Khabarhub Khabarhub

मोना लिसाको चित्रमाथि केक प्रहार


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ ।

नक्कली कपाल र लिपिस्टिक लगाएका ती व्यक्ति जलवायु अभियन्ता रहेको विश्वास गरिएको छ । उनले केक प्रहार गर्ने बेला मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेको बताइएको छ । सो घटनलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । 

अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरू मध्येका एक हुन् । 

‘ह्विलचेयरमा एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने ।

ती मानिसलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालरीमा गुलाबसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए ।

‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस् । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे’ ३६ वर्षका ती व्यक्तिले भने ।

पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको जनाइएको छ ।

यद्यपि मोना लिसामा क्षति पुर्‍याउने प्रयास भने यो पहिलो नभएको जनाइएको छ । सन् १५०३ देखि सन् १५१९ सम्म लियोनार्दो दा भिन्चीले सिर्जना गरेको यस चित्रमा यसअघि पनि क्षति पुर्‍याउने प्रयास हुँदै आएको स्पेनी अखबार मार्काले जनाएको छ ।

मार्काका अनुसार यसअघि सन् १९११ मा मोना लिसाको चित्र चोरी पनि भएको थियो । चोरी भएको तीन वर्षसम्म मोना लिसा बेपत्ता भएको थियो ।

सन् १९५० तिर कसैले यस चित्रमा सल्फ्युरिक एसिड प्रहार गरेको थियो । यसबाहेक एकजना बोलिभियाली विद्यार्थीले पनि यसअघि मोना लिसाको चित्रमा ढुङ्गा प्रहार गरेको जनाइएको छ ।

यस्तै, सन् १९७४ मा जापानको राजधानी टोकियोमा प्रदर्शनमा राखिँदा ह्विलचेयरमा आएकी एक महिलाले चित्रमा रातो रङ्ग पोत्ने प्रयास गरेकी थिइन् । त्यस्तै, सन् २००९ मा पनि एकजना रुसीले मोना लिसामाथि चिया फ्याँकेको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : ४६ बजे

धनमाल चोरीमा संलग्न रहेकाे आराेपमा चार जना पक्राउ

काठमाडौं– ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन शाह

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ

कांग्रेस संसद् विघटनको हाउगुजी झिक्दैछ, उसले जे भन्छ मान्नुपर्ने छैन : केपी ओली

वीरगञ्ज- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै

कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच

मुटुरोग विशेषज्ञ स्मृति अब गायिका पनि, ल्याइन् म्युजिक भिडियो

काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरकी उपप्राध्यापक डाक्टर स्मृति