तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने  « Khabarhub

तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

निर्देशक लालले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।

उनले बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानून) हृदयेश्वर पण्डितले एएमएल/सीएफटीबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानून) सविता थापा  तथा सहायक निर्देशक (कानून) मौनता धौबन्जार र जीवन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ५ : ५० बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि