ग्लोकल टिन हिरो नेपालका लागि आवेदन खुला « Khabarhub

ग्लोकल टिन हिरो नेपालका लागि आवेदन खुला


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाई वाई ग्लोकल टीन हिरो नेपाल को आठौँ संस्करणकालागि आवेदन खुलेको छ ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्यले टिन हिरोको आयोजना गर्न लागिएको हो ।

आवेदन दिनका लागि यसको आधिकारिक वेबसाइटमा मा गई फाराम भर्नुपर्ने व्यवस्था रहेको छ । यस बर्षको ग्लोकल टिन हिरो आगामी सेप्टेम्बर १ मा एक कार्यक्रम मार्फत घोषणा गरिनेछ ।

यसका माध्यमबाट किशोर किशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने ग्लोकल टिन हिरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१५ मा सुरु भई काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन थालेको बताइएको छ ।

हालसम्म नेपालका सात किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ०९ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने