खीर खाएर मनाइँदै साउन १५  | Khabarhub Khabarhub

खीर खाएर मनाइँदै साउन १५ 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ ।

असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइन्छ।

विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् । आयुर्वेद चिकित्सक डा अमितमान जोशी भन्छन्, ‘वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ। ’

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ५५ बजे

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं – सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको