खीर खाएर मनाइँदै साउन १५  « Khabarhub

खीर खाएर मनाइँदै साउन १५ 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ ।

असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइन्छ।

विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् । आयुर्वेद चिकित्सक डा अमितमान जोशी भन्छन्, ‘वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ। ’

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ५५ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक