विश्व इतिहासमा आज : थाई एयर दुर्घटनादेखि अमेरिका र सोभियत संघबीच सन्धिमा हस्ताक्षरसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : थाई एयर दुर्घटनादेखि अमेरिका र सोभियत संघबीच सन्धिमा हस्ताक्षरसम्म


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १५ गते आइतबार । सन् २०२२ को जुलाई ३१ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००७ जुलाई ३१ मा आर्यरल्याण्डको दक्षिणी क्षेत्रबाट बेलायती सेना फर्किएसँगै  ३८ वर्ष देखि सञ्चालनमा रहेको ‘अपरेशन ब्यानर’ को अन्त्य भएको थियो । ‘अपरेशन ब्यानर’अन्तर्गत काम गरेका ७ सय ६३ सिपाहीहरुले ज्यान गुमाएका थिए ।

सन् २००६ जुलाई ३१ मा क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो आन्द्राको शल्यक्रियाको क्रममा अस्थायी रुपमा आफ्नो कान्छा भाइ राउल क्यास्ट्रोलाई राज्य शक्ति हस्तान्तरण गरेका थिए ।

सन् १९९९ जुलाई ३१ मा नासाले ‘लुनार प्रोस्पेक्टर’ लाई उद्देश्यपूर्वक चन्द्रमामा दुर्घटना गराइएको थियो । यसै स्वरुप नासाका चन्द्रमामा जमेको पानी पत्ता लगाउने मिसनको अन्तइ गरिएको थियो ।

सन् १९९८ जुलाई ३१ मा संयुक्त अधिराज्यले ल्यान्डमाइन्समाथि पूर्णरुपमा रोक लगाएको थियो । जनसमुदायले जुन महिनामा दबाब दिएसँगै संसदलाई ल्यान्डमाइन्स ऐन पारित गरेको हो ।

सन् १९९२ जुलाई ३१ मा थाई एयरवेज अन्तर्राष्ट्रिय फ्लाइट ३११ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । थाईल्याण्डको बैंककस्थित थाइल्यान्ड डन मुआङ अन्तर्राष्ट्रिय एयरपोर्टबाट उडेको विमान काठमाडौँ पुग्नअघि फ्लाप माल्फङ्शनका कारण कलकत्ता एयरपोर्ट मोडिने निर्णय गरिएको थियो । तर, विमानको समस्या ठिक भएसँगै काठमाडौँ विमानस्थलमा नै अवतरण गर्ने निर्णय गरिएको थियो । यद्यपि, समस्या पुनः दोहोरिएसँगै रोमियो प्वाइन्टतर्फ जानेक्रममा प्राविधिक समस्याका कारण विमान दुर्घटना भयो । विमानमा भएका १ सय १३ जनाको मृत्यु भयो ।

सन् १९९१ जुलाई ३१ मा संयुक्त राज्य अमेरिका र सोभियत संघले ‘स्ट्राटेजिक आर्मस् रिडक्सन ट्रिटी’ (स्टार्ट आई) सन्धिमा हस्ताक्षर गरेको थियो । यस सन्धिअन्तर्गत रणनीतिक आणविक हतियारको प्रयोग घटाउने सम्झौता गरिएको थियो । यो सम्झौता सन् १९९५ डिसेम्बरमा कार्यान्वयनमा आएको थियो भने १५ वर्षपश्चात् सन् २००९ मा निष्क्रिय भयो ।

सन् १९८८ जुलाई ३१ मा मलेसियाको बटरवर्थमा सुल्तान अब्दुल हलिम फेरी टर्मिनलमा पुल भत्किँदा ३२ जनाको मृत्यु हुनुको साथै १६ सय भन्दा बढी घाइते भएका थिए ।

सन् १९८७ जुलाई ३१ मा क्यानडाको पश्चिमी भागमा भएको अल्बर्टामा आएको एडमन्डन आँधीका कारण २७ जना मानिसको मृत्यु भएको थियो भने २ सय ५० भन्दाबढी घाइते हुनुको साथै ३ सय ३० मिलियन डलरको घाँटा भएको थियो । सो दिनलाई ‘ब्लाक फ्राइ डे’का रुपमा पनि सम्झिने गरिन्छ ।

सन् १९८१ जुलाई ३१ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय बार संघको पहिलो महिला अध्यक्षमा अर्नेट आर हबर्ड नियुक्त भइन् ।

सन् १९७१ जुलाई ३१ मा अपोलो १५ का खगोलविदहरुले चन्द्रमामा पहिलो पटक ल्यान्ड रोभर चलाएका थिए ।

सन् १९६५ जुलाई ३१ मा जे के रोलिङको जन्म भएको थियो । रोलिङ ह्यारी पोटरको लेखकको रुपमा विश्वभर परिचित छिन् ।

सन् १९१७ जुलाई ३१ मा पहिलो विश्व युद्धको क्रममा इप्राको तेस्रो युद्ध सुरु भयो । पास्चेनडाले युद्धको नामले पनि चिनिने यो युद्ध जुलाई ३१ र नोभेम्बर ६ को बीचमा भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ३३ बजे

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्