नयाँ रास्वपालाई सुमनाको शुभकामना « Khabarhub

नयाँ रास्वपालाई सुमनाको शुभकामना


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी छन्। उनले जनताको चाहना बलियो नयाँ शक्ति रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद र बधाई दिएकी हुन्। 

साथै आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको र अवसर नपाएर पार्टी नछोडेको स्पष्ट पारेकी छन्। श्रेष्ठले देशका युवाहरूका लागि देशमै समान अवसर सिर्जना गर्ने र नेपालीलाई नेपाली भएर बाँच्न सक्ने अवस्था बनाउने नै आफ्नो मूल एजेन्डा रहेको बताएकी छन्।

उनले भनेकी छिन्, ‘म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेण्डा छैन मेरो।’

श्रेष्ठले राजनीतिक दलभित्र प्रश्न मरेको दिन लोकतन्त्र समाप्त हुने चेतावनी दिँदै प्रश्नलाई दबाउन मिडिया ट्रायल र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्तिले दलभित्र लोकतन्त्र नबाँच्ने उल्लेख गरेकी छन्। नयाँ रास्वपाको नेतृत्वले हाल उठेका प्रश्नहरूमा सुधार गर्ने र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्ने विश्वास व्यक्त गर्दै सही प्रश्नले मात्र दललाई सही दिशा दिने स्पष्ट पारेकी छन्।

आफ्नो राजनीतिक यात्राबारे अनुमानका भरमा समाचार र धारणा नबनाउन आग्रह गर्दै उनले नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि आफू निरन्तर जनतामाझ रहेको बताएकी छन्। दल, चिन्ह, पद र भूमिका अस्थायी हुने र जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हुने उनको भनाइ छ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : १२ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन