सवारी चालक अनुमतिपत्र नवीकरण तनहुँबाटै | Khabarhub Khabarhub

सवारी चालक अनुमतिपत्र नवीकरण तनहुँबाटै


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – यातायात व्यवस्था कार्यालय तनहुँले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।

सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए। डिएलआरएस र इडिएलभिआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमतिप नवीकरण गर्न सकिने उनले बताए । उनका अनुसार सक्कल सवारी चालक अनुमतिपत्रसहित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ ।

सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची १८ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र हराएको खण्डमा सम्बन्धित कार्यालयबाट नै प्रतिलिपि लिनुपर्ने जनाइएको छ । सेवाग्राहीको अनुपस्थितिमा वा विदेशमा भएको अवस्थामा अनुमतिपत्र नवीकरण हुनेछैन ।

सेवाग्राहीको औठाछाप नमिलेको खण्डमा लाइसेन्स नवीकरण नहुने जनाइएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्समा रुपान्तरण भइसकेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाटै सवारी साधन दर्तासमेत सुरु गरिसकेको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालयले स्थापनाकालदेखि नै बिलबुक नवीकरणको काम गर्दै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ३८ बजे

बत्ती बाल्ने प्लकमा तार जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप

भन्सार क्षेत्रमा ट्राफिक सुधारका लागि सरोकारवाला एकजुट

भैरहवा– नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम

खीर खाएर मनाइयो साउन १५

काठमाडौं– नेपाली समाजमा खीर खाएर साउन १५ मनाइएको छ । 

‘आधारभूत मानव अधिकारका रुपमा खाद्य अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कल्याणकारी राज्यका रुपमा