नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी « Khabarhub

नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी प्राधिकरण सञ्चालक समितिको बैठकले पारित गरेको उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणको साउन ८ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकले आगामी आवको बजेट स्वीकृत गरेको गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले पहिलो पटक पोखरा विमानस्थलमा सञ्चालक समितिको बैठक राखेर बजेट तथा कार्यक्रम बनाएको बताए । उनले आवको सुरुमै बजेट पारित भएकाले पूँजीगत खर्च र प्राधिकरणले गर्नुपर्ने विकास खर्च सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्राधिकरणको बजेटले विमानस्थलको पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा राखेको छ । उक्त प्रयोजनका लागि प्राधिकरणले रु २६ अर्ब ८२ करोड पूँजीगततर्फ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणको कूल बजेटमा आम्दानी रु १४ अर्ब ३२ करोड रहेको छ । सरकारको ऋण तथा शेयर रु १२ अर्ब २४ करोड छ । नेपाल सरकारबाट प्राप्त हुनुपर्ने रु ८६ करोड, २०७९ जेठसम्म बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने तीन अर्ब एक करोड छ ।

प्राधिकरणले विशेषगरी विमानस्थलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ । आगामी पाँच वर्षमा भवन निर्माणको काम सम्पन्न हुनेछ । उक्त भवनको लागत करिब रु ६० अर्ब अनुमान गरिएको छ । भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिनेछ । प्राधिकरणको आन्तरिक स्रोतबाट टर्मिनल भवन बनाइने महानिर्देशक अधिकारीले जानकारी दिए ।

त्यस्तै चालु आर्थिक वर्षमा ६ वटा विमानस्थलमा आन्तरिक टर्मिनल भवन निर्माणको काम सुरु गरिनेछ । प्राधिकरणका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण सुरु गरिनेछ । त्यस्तै विराटनगर, रामेछाप, भरतपुर नेपालगञ्ज र महेन्द्रनगरमा नयाँ आन्तरिक टर्मिनल भवन बनाइनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ३७ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।