लगातारको वर्षापछि पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध « Khabarhub

लगातारको वर्षापछि पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।

ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो । त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : २४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको