अनुसन्धानमार्फत देशलाई योगदान दिने काम गर्नुपर्छ : बिजुक्छेँ  | Khabarhub Khabarhub

अनुसन्धानमार्फत देशलाई योगदान दिने काम गर्नुपर्छ : बिजुक्छेँ 


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानका रूपमा गलत ढङ्ग प्रयोग गरिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजमा आयोजना गरिएको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रसँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिने काम पनि गर्नुपर्ने बताए ।    

विश्वका अन्य मुलुकमा इञ्जिनीयर, डाक्टरलगायत अन्य विषयका विद्यार्थी राजनीतिक क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै उनले ख्वपका विद्यार्थीले पनि आफ्नो विज्ञतासँगै समाज र देशको हितका लागि देशको राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिए । अध्यक्ष बिजुक्छेँले अङ्ग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन पनि आवश्यक रहेको बताए । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कलेज सञ्चालन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नेपालमै सबैभन्दा अगाडि रहेको बताए । सरकारले सहयोग नगर्दा ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको भन्दै उनले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको चर्चा गरे । 

ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाल, विभागीय प्रमुख डा मन्जिप शाक्य, कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा सुवेगमान बिजुक्छे, कलेजका उपप्राचार्य रवीन्द्र फोँजुलगायतले कलेजले देशभरका विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ४५ बजे

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी