रियल मड्रिड जिरोनासँग बराबरीमा रोकियो « Khabarhub

रियल मड्रिड जिरोनासँग बराबरीमा रोकियो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा महारथि क्लब रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा रियलले दोस्रो स्थानको बार्सिलोनासँगको दूरी बढाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले अग्रता दिलाएका थिए । तर, ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनाको हार टारे । रियल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । उसका टोनी क्रुसले रातो कार्ड पाएका थिए ।

यद्यपि, रियल १२ खेलमा ३२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । जिरोना १० अंक जोडेर १६ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा एथलेटिको क्लबले भिल्लारियललाई १ ० ले पराजित गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन