रियल मड्रिड जिरोनासँग बराबरीमा रोकियो « Khabarhub

रियल मड्रिड जिरोनासँग बराबरीमा रोकियो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा महारथि क्लब रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा रियलले दोस्रो स्थानको बार्सिलोनासँगको दूरी बढाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले अग्रता दिलाएका थिए । तर, ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनाको हार टारे । रियल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । उसका टोनी क्रुसले रातो कार्ड पाएका थिए ।

यद्यपि, रियल १२ खेलमा ३२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । जिरोना १० अंक जोडेर १६ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा एथलेटिको क्लबले भिल्लारियललाई १ ० ले पराजित गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु