टोरिनोसँग मिलान पराजित « Khabarhub

टोरिनोसँग मिलान पराजित


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविकको विजेता एसी मिलान इटालियन सिरी ए अन्तर्गत आइतबार राति टोरिनोसँग २-१ को अप्रत्यासित हार बेहोर्न पुगेको छ। यस हारसँगै मिलानले शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको हो।

खेलमा सुरुआती अग्रता टोरिनोले नै लियो। ३५औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लियो। त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर पारेका थिए।

६७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यसपछि कुनै गोल सम्भव भएनन्।

यससँगै मिलानको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। यसक्रममा मिलानले १२ खेल जितेको थियो भने पाँच खेल बराबरीमा टुङ्गाएको थियो।

मिलान १२ खेलमा २६ अंकसहित तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ र दोस्रो स्थानको एट्लान्टाभन्दा एक अंकले कम हो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु