पीएम कप क्रिकेटमा गण्डकी प्रदेशको विजयी सुरुवात « Khabarhub

पीएम कप क्रिकेटमा गण्डकी प्रदेशको विजयी सुरुवात


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो ।

सुदूरपश्चिमका मिलन बोहराले ५१ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै गजेन्द्र बोहराले ३५ रन जोडे । बसन्त कार्की १० रनमा आउट भए । गण्डकीका विपिन कार्कीले ४ विकेट लिए । सुवास भण्डारी र अभिषेक बस्नेतले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो । गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले । जितसँगै गण्डकीले पहिलो खेलमै २ अंक जोडेको छ । गण्डकी समूह ’ए’ को शीर्ष स्थानमा रहेको छ । त्यसअघि सोमबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।

प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु