जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा छ : प्रधानमन्त्री देउवा « Khabarhub

जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा छ : प्रधानमन्त्री देउवा


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् । साथै उनले तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप तथा विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरे ।

वातावरण ऐन, २०७६ मा व्यवस्था भएअनुसार गठन भएको ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’को प्रथम बैठकमा उनले उक्त विषयलाई ध्यानमा राखी सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराए । प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज सम्पन्न परिषद्को बैठकले वातावरणसम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रारूप महासन्धिका पक्षधर राष्ट्रहरूको २७ औँ सम्मेलन (कोप–२७) इजिप्टमा यही कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुन गइरहेको छ । यसै सन्दर्भमा नेपालले विश्व तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसभित्र सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षी राष्ट्रिय निर्धारित योगदानहरू (एनडिसिज) र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन आग्रह गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

यसको पालनामा संयुक्त राष्ट्रसङ्घीय जलवायुको सचिवालयलाई सक्रिय नेतृत्वका लागि नेपालले पैरवी गर्नुपर्ने बताउँदै उनले ‘सेन्टियागो हानि तथा नोक्सानी संयन्त्र’को प्रगति र हानि तथा नोक्सानी वित्त व्यवस्थालाई औपचारिक रूपमा ‘एजेन्डा’मा राखेर हानि तथा नोक्सानीको छुट्टै वित्त व्यवस्थाको मागलाई सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ५५ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान