सप्तरीमा आठ सय १० केजी गाँजा बरामद « Khabarhub

सप्तरीमा आठ सय १० केजी गाँजा बरामद


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो । 

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनी पुरी गाँजाका बोरा लुकाइछिपाइ राखेको अवस्थामा बरामद भएको प्रहरी जनाएको छ । विशेष सूचानाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद खड्कासहितको प्रहरी टोली खटी बालुवा खनेर हेर्दा एक ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा नौ बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ बोरामा लुकाई राखेको गाँजा भेटिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । उनले प्रति बोरा ३० केजीका दरले जम्मा ८ सय १० केजी तयारी गाँजा बरामद भएको जानकारी गराए ।

बेवारिसे अवस्थामा फेला परेको उक्त गाँजा नियमानुसार बरामद गरि गाँजाका सम्बन्धमा सुक्ष्म रुपमा विस्तृत अनुसन्धान कार्य भइरहेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ५५ बजे

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न