डा. अमृत थापाको कविताञ्जली लोकार्पण « Khabarhub

डा. अमृत थापाको कविताञ्जली लोकार्पण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् । थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ्‍ग्रहका रूपमा बजारमा ल्याउन सक्ने बताए । ‘अमृतले विद्यार्थी जीवनमा कोरिएका भने पनि कविताको भाव उच्च छ । प्रकृति, जीवन र जागरणसँग कविता निकै नजिक छन् । कविले जीवनमा जे देखेका त्यसलाई नजिकबाट लेखेका छन्,’ उनले भने । कविता जीवन र दर्शनसँग निकै नजिक रहेको श्रेष्ठ बताउँछन् ।

उनले पछिल्लो समय कवि, साहित्यकारहरूले सिर्जनामा आदर्शका कुरा गर्ने गरेको भए पनि व्यवहारिक जीवनमा त्यो लागू नगर्ने गरेको गुनासो गरे । तर, डा. अमृतले भने जीवनमा पनि आदर्शलाई अंकालेको आफूले पाएको श्रेष्ठको भनाइ छ । अमृतको मिहिनेतले कृति सकारात्मक र सार्थक बन्न पुगेको बताउँदै उनले कविको निरन्तरताका लागि शुभवकामनासमेत व्यक्त गरेका छन् ।

यस्तै डा। चिन्तामणिनाथ योगीले आफ्नो विद्यार्थीलाई बहुआयामीक व्यक्तित्वका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘म आफ्नो विद्यार्थीले लेखेको कविताका बारेमा धेरै विमर्श गर्न सक्दिनँ। किनकि मैले उनका कविता पढ्दा केवल कोमलता र सरलता पाउँछु। उच्च मानवीय पक्ष र नैतिकता पाउँछु,’ उनले भने ।

यस्तै भरतबहादुर थापाले अमृतका कविता निकै उत्कृष्ट भएको बताए । उनले कविले आफ्नै बाल्यकालीन अनुभव, अनुभूति र श्रद्धामा टेकेर कविता कोरेको बताए । कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट शिक्षा र अर्थशास्त्रमा पिएचडी गरेका थापाले ऐश्वर्य प्रकाशन प्रालिबाट पुस्तक प्रकाशन गरेका हुन् । उनी हाल पेन्सलभेनिया विश्वविद्यालय फिलाडेल्फिया संयुक्त राज्य अमेरिकामा लेक्चररको रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ३६ बजे

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख