‘पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक’ « Khabarhub

‘पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक’


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड-१९ महामारीपछि पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन रणनीतिक अभियान चलाउन जरुरी रहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २४औँ वार्षिकोत्सवका अवसरमा बोर्डमा आयोजित कार्यक्रममा उनले बदलिँदो विश्व परिवेशमा पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक भएको उल्लेख गरे। ‘महामारीले विगत तीन वर्ष नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ह्वात्तै घट्यो तर, पछिल्लो पाँच-छ महिनाको विदेशी पर्यटक आगमनको आँकडा हेर्दा यो ‘रिभाइबल फेज’ मा छ’, सचिव अधिकारीले भने, ‘हामीले सन्तोष गर्ने अवस्था छ । करिब सन् २०१९ को अवस्थामा फर्किएजस्तो देखिन्छ । आगामी वर्ष सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य पूरा गर्न समय यत्तिकै अनुकूल हुँदै गयो भने सहज हुनेछ ।’

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड-१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजारमा खुम्चिएको थियो ।

त्यसैगरी २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो । पर्यटन सचिव अधिकारीले कोभिडले प्रभावित भएको पर्यटन उद्योग विस्तारै लयमा फर्किन थाल्नु राम्रो संकेत भएको बताउँदै सरकार निजी क्षेत्र र बोर्डबीचको समन्वय र सहकार्यमा पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले छिमेकी मुलुक भारत र चीनको पर्यटन बजारका साथै मध्यपूर्वी मुलुकलाई प्राथमिकता राखेर बोर्डले रणनीतिक प्रवर्द्धनको अभियान चलाउनुपर्नेमा जोड दिए ।

पर्यटनको बजार रणनीति बनाउँदा विश्वको अर्थतन्त्र र पर्यटनको योगदानका आधारमा प्रवर्द्धन गरिनुपर्ने सचिव अधिकारीको सुझाव छ । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको खाँचो औँल्याए ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो योगदान रहेको उल्लेख गर्दै विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि पर्यटन उद्योगलाई राज्यले थप प्राथमिकता दिनुपर्ने बताए । होटल सङ्घ नेपालका अध्यक्ष सिर्जना राणाले महामारीले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रभावकारी अभियान चलाउन जरुरी भएको बताए ।

सो अवसरमा नेपालको पर्यटनलाई पुनः जीवन दिन संस्थागत योगदान गर्ने हान टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, नेपाल एशोसिएशन अफ र्‍याफिटिङ एजेन्सिज(नारा) नेपाल-भारत चेम्बर अफ कमर्शलगायत संस्थालाई सम्मान गरिएको थियो । बोर्डले हरेक वर्ष प्रकाशन गर्ने ‘इन्फोकस २०२२’ को पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : १९ बजे

दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको