बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा « Khabarhub

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ९७ रन बनायो । जसमा सन्तोष विजलेले ३६ रनको योगदान गरे ।

कुल ९८ रनको लक्ष्य पछ्याएको कालशैनी ६८ रनमा समेटियो । उसका लागि टेकेन्द्र चन्दले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । एनआरवाइसीका लागि सन्तोष विजलेले ४ विकेट हात पारे । सन्तोष खेलका प्लेयर अफ द म्याच भए ।

यस्तै आजै भएका अन्य खेलहरुमा एनआरवाइसी बी, कालशैनी, नागार्जुन सिम ए विजयी भएका छन् । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता पुस १९ मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।

गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ३७ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित