बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकियो « Khabarhub

बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकियो


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ।

घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए।

७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए। खेलमा दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए।

७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो। ८०औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो। उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेका हुन्।

खेलको ८४औं मिनेटमा रेफ्रीले स्पान्योलका लिआन्द्रो काब्रेलालाई रातो कार्ड दिएपछि भिएआरको सहायतामा फिर्ता लिएका थिए।

नतिजासँगै १५ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो। समान अंकको रियल म्यड्रिड दोस्रो स्थानमा छ। स्पान्योल समान खेलबाट १३ अंकका साथ १६ औं स्थानमा छ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ४२ बजे

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै