मध्यपहाडी राजमार्गमा ४४ पुल निर्माण गर्न बाँकी « Khabarhub

मध्यपहाडी राजमार्गमा ४४ पुल निर्माण गर्न बाँकी


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो । मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा पुल एक सय ३७ रहेकामा हालसम्म ९३ पुल सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा १९ पुलको ठेक्का आह्वान गर्नुपर्नेमा चालू आवमा नै ठेक्का आह्वान गरेर  निर्माणमा जाने आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

निर्माणाधीन पुल २५ मध्ये पनि कतिपय पुल सम्पन्न हुने अवस्थामा पुग्न लागेको उनको भनाइ थियो । सूचना अधिकारी सुरजले भने, ‘यो आवमा १८ पुल निर्माण गरिसक्ने लक्ष्य छ ।’ ठूला पुल बन्न लामो समय लाग्ने भए पनि अहिले सो राजमार्गमा निर्माणमा जानुपर्ने ठूला सडक नभएको र  अहिले बनाउन बाँकीमा पनि लामो लामो पुल नभएकाले राम्रो काम गर्नसक्ने निर्माण कम्पनी आएमा एकै याममा सम्पन्न गर्न सकिने उनले जानकारी दिए। 

सूचना अधिकारी सुरजले भने, ‘साना २०-२५ मिटर लामा पुल भएकाले एकै याममा सकिन्छ ।’ निर्माण व्यवसायीले काम सरासर नगर्दा मात्रै लामो समय लाग्ने हुन्छ  । थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुवैका लागि पर्याप्त नभएको र अझै पनि कतिपय सडक खण्डमा रेखांकन टुङ्गो लगाउन बाँकी सूचना अधिकारी सुरजले उल्लेख गरे ।  

भेरी पुलमा ठेक्का तोडिएकाले नयाँमा जाँदा समय लाग्ने भएको छ र यहाँ पुलको लम्बाइ एक सयभन्दा बढी लामो भएकाले समय लाग्ने तर अरुतिर पुलको लम्बाइ कम रहेको उनको भनाइ थियो ।

मध्यपहाडको समृद्धिका आधारका रुपमा रहेको यस राजमार्गको निर्माण सुरु भएको डेढ दशकमा ६४ प्रतिशत सकिएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने गर्नेमै अन्योल रहेको छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखांकन गरिएको थियो । ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएकोसूचना अधिकारी सुरजले बताए। केही समय पहिलेसम्म कास्कीमा पनि रेखांकन गर्न अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उनले जानकारी दिए ।  

चालू आवमा मात्रै ३५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र एक सय ३४ दशमलव पाँच किमी सडक निर्माणका लागि ठेक्का गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ  तर धेरै खण्डमा ठेक्का लगाउन बाँकी नभएको आयोजनाले जनाएको छ । 

पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको यो मार्ग निर्माण भए मध्यपहाडका नागरिकको जीवन सहज हुने, नयाँ सहर निर्माण हुने र पूर्वपश्चिम राजमार्गको चाप कम हुने अनुमान गरिएको छ । सरकारले आव २०६९÷७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : ३५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई