कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध « Khabarhub

कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् ।

यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै फेरि फोहोर फाल्न रोक लगाएका हुन् । यसअघि १९ मङ्सिरमा फोहर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए ।

राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारीले भने, “ज्ञापनपत्रमा पुस १ गतेदेखि फोहर फाल्न नदिने अल्टिमेटम दिइएको थियो ।” पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहर फाल्न रोक लगाइएको स्थानीय देव ढुङ्गेलले बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : २२ बजे

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी