लक्की फिल्मी अवार्डको तयारी सुरु | Khabarhub Khabarhub

लक्की फिल्मी अवार्डको तयारी सुरु


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।

यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’, कार्यक्रम संयोजक राजेश शर्मा आचार्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । फिल्मी अवार्डका लागि तयार भएको स्टिकरलाई देशव्यापी रुपमा टासिने जनाइएको छ ।

अवार्ड प्रचारका लागि छिटै टिसर्ट, फ्लेक्स ब्यानर, अवार्डको अडियो जिंगल पनि छिटै सार्वजनिक गर्ने तयारी रहेको महाप्रबन्धक कार्कीले बताए । उनका अनुसार फिल्मी अवार्ड प्रचारका लागि मोफसुल टुर पनि केही दिनमा सुरु गरिने उनले बताए । नेपालका मुख्य शहरमा फिल्मी अवार्ड बारे जानकारी गराउँदै जाने योजना रहेको बताए ।

लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगीतिक कार्यक्रमहरू, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवर्द्धनका लागि काम गर्दै आइरहेको छ । मिडिया हाउस अन्तर्गत चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम समेत सञ्चालनमा छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ३१ बजे

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी