प्रदेश १ को नाम आज प्रस्ताव गरिँदै, ‘कोशी’मा सहमति नजिक « Khabarhub

प्रदेश १ को नाम आज प्रस्ताव गरिँदै, ‘कोशी’मा सहमति नजिक


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को नामकरण सबन्धमा बस्न लागेको प्रदेशसभा बैठकमा १२ बजेभित्र सांसदहरूले नामकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ ।

प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नाम पेस गर्नका लागि समयसीमा तोकेको छ । पहिलो कार्यकालमा न नसकेको नामकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सुचना जारी गरेको हो । प्रदेशसभा सचिवालय गोपालप्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेस गर्नका लागि सुचना जारी गरिएको छ ।

‘नेपालको  संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नम्बर १ को नामाकरणका लागि प्रदेश सभा नियमावली–२०७४ (पहिलो संसोधनसहित)को नियम ५८ (ख) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यहरूलाई  २०७७९ फागुन १७ गते दिनको १० बजे देखी १२ बजेसम्म आफ्नो नाम प्रदेश सभा सचिवालय समक्ष दर्ता गराउन हुन माननीय सभामखज्युको आदेश अनुसार माननीय सदस्यहरूको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

आजै प्रदेशको नामकरण हुने गरी कार्य तालिका बनाईएको छ, जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा