उपमहानगरद्वारा आरनका आधुनिक साधन वितरण | Khabarhub Khabarhub

उपमहानगरद्वारा आरनका आधुनिक साधन वितरण


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । 

आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।

उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका साधन हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख पाण्डेयले परम्परागतरूपमा आरन चलाएर जीविका चलाउँदै आएका व्यवसायीको पेसालाई निरन्तरता दिँदै स्वरोजगार बन्न मद्दत गरेको बताए। उनले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए।

 बुटवल उपमहानगरपालिकाका आन्तरिक स्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकालाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरिएको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए। 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ४५ बजे

दोलखामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एकको उद्धार 

दोलखा– अविरल वर्षासँगैको पहिरोमा पुरिएर दोलखाको भिमेश्वर नगरपालिका-६ मैदानेमा ३

काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

काठमाडौं– बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४

युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न

एजेन्सी– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात

पहिरोले यात्रु वाहक बस पुरेपछि… (तस्बिरहरु)

काठमाडौं– अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र

बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति