रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी « Khabarhub

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ।  निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए। बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन्। निर्वाचनमा कुल १२० मत खसेको थियो।

अखिल संयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले ११९ मत प्राप्त गर्दा नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाएनन्। एक मत बदर भयो। सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी ११९ मत,कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल ११५ मतका साथ निर्वाचित भए।

त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय ११८ मत, सनराइज तामाङ ११९ मत, सागर ढकाल १२० मत, पूर्णिमा तामाङ ११७ मत र ऋषिकेश यादव ११९ मतका साथ विजयी भए। निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएन। यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ३७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन