पेसागत महासङ्घको महाधिवेशन एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने « Khabarhub

पेसागत महासङ्घको महाधिवेशन एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रतिष्ठान, राष्ट्रिय सङ्घ, प्रदेश र जिल्लाबाट गरी करिब नौ सय प्रतिनिधि सहभागी हुने महासङ्घका राष्ट्रिय समिति संयोजक बाबुराम थापाले जानकारी दिए । महाधिवेशनले पेसाकर्मीका समस्या समाधानका उपाय, प्रतिष्ठानको व्यवस्थापन, नेपालको कमजोर अर्थतन्त्रले पेसाकर्मीलाई पारेको प्रभावलगायत विषयमा समीक्षा गरी आगामी कार्यक्रम, कार्यदिशा, नीतिनिर्माणसहित नयाँ नेतृत्व चयन गर्ने छ ।

नेपालका समाजवादी विचारसँग आबद्ध पेसाकर्मीको सङ्गठन महासङ्घमा २६ राष्ट्रिय घटक, ५२ प्रतिष्ठान, आठ प्रदेश कमिटी, ७७ जिल्ला कमिटी र सात सय ५३ पालिकास्तरीय कमिटी रहेका छन् । मुलुकभरी यसमा आवद्ध करिब छ लाख सदस्य छन् । विसं २०७७ माघ २४ गते देशभरका करिब एक हजार आठ सय प्रतिनिधिको उपस्थितिमा तीन सय ११ सदस्यीय सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । महासङ्घको स्थापना २०५२ चैत ६ गते भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : २५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन