एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै « Khabarhub

एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बिहान ९ बजे भिड्दैछन् ।

शनिवार भएको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल फाइनलमा आएको हो भने युएई ओमानलाई हराउँदै यहाँसम्म आइपुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्द भए पछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवारको झैँ वर्षा भएमा आइसीसीको ओडिआई वरियतामा १४औं स्थानमा रहेको नेपाल र १९औं स्थानको रहेको युएई बिचको खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : २७ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे