आईपीएल : मुम्बईसँग राजस्थान ६ विकेटले पराजित « Khabarhub

आईपीएल : मुम्बईसँग राजस्थान ६ विकेटले पराजित


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

आईपीएल इतिहासको एक हजार खेलमा मुम्बईले घरेलु मैदान वांनखडे स्टेडियममा राजस्थानलाई ६ विकेटले पराजित गरेको हो।

राजस्थानले दिएको २ सय १३ रनको लक्ष्य मुम्बईले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

मुम्बईका लागि सुर्यकुमार यादवले ५५ रनको अर्धशतकीय ईनिङ खेल्दा क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । राजस्थानका लागि रविचन्द्र आश्विनले २ तथा ट्रेन्ट बोल्ड र सन्दीप शर्माले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।

राजस्थानका लागि ओपनर यसश्वी जैसवालले १ सय २४ रनको शतकीय इनिङ खेल्दा जैसवालले ५३ बलमा १३ चौका र ६ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरेका थिए।

आठौं खेलमा चार जित तथा चार हार व्यहोरेको मुम्बई लिगको सातौं स्थानमा उक्लिएको छ। नौ खेलमा पाँच जित र चार हारका साथ राजस्थान अंक तालिकाको तेस्रो स्थानमा कायम रहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ३१ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका