आईपीएल : मुम्बईसँग राजस्थान ६ विकेटले पराजित | Khabarhub Khabarhub

आईपीएल : मुम्बईसँग राजस्थान ६ विकेटले पराजित


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

आईपीएल इतिहासको एक हजार खेलमा मुम्बईले घरेलु मैदान वांनखडे स्टेडियममा राजस्थानलाई ६ विकेटले पराजित गरेको हो।

राजस्थानले दिएको २ सय १३ रनको लक्ष्य मुम्बईले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

मुम्बईका लागि सुर्यकुमार यादवले ५५ रनको अर्धशतकीय ईनिङ खेल्दा क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । राजस्थानका लागि रविचन्द्र आश्विनले २ तथा ट्रेन्ट बोल्ड र सन्दीप शर्माले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।

राजस्थानका लागि ओपनर यसश्वी जैसवालले १ सय २४ रनको शतकीय इनिङ खेल्दा जैसवालले ५३ बलमा १३ चौका र ६ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरेका थिए।

आठौं खेलमा चार जित तथा चार हार व्यहोरेको मुम्बई लिगको सातौं स्थानमा उक्लिएको छ। नौ खेलमा पाँच जित र चार हारका साथ राजस्थान अंक तालिकाको तेस्रो स्थानमा कायम रहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ३१ बजे

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी