मोरङ-सुनसरी-कटहरी क्षेत्रका उद्योगमा विद्युत् कटौती « Khabarhub

मोरङ-सुनसरी-कटहरी क्षेत्रका उद्योगमा विद्युत् कटौती


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ-सुनसरी-कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार सङ्घले आपत्ति जनाएको छ । 

विगतका कोभिडका कारण  भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा  जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि  अतिआवश्यक  विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन् । 

प्राधिकरणबाट केही महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै यस सङ्घले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाध विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको  सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योगको हकमा हाम्रो नेतृत्वमा सञ्चालित उक्त कार्यकम लगत्तै हाल प्राधिकरणले उद्योगमा क्यापासिटर बैंक नभएको वा सञ्चालन नगरेका उद्योगलाई सामान्य प्राविधिक कारण देखाउँदै लिखित सूचना बिना मौखिकरूपमा  विद्युत् आपूर्ति कटौती गरिदिने कुरा  यस सङ्घको विरोध कार्यक्रमको प्रतिशोधस्वरुप आएको हो कि  भन्ने प्रश्न उठेको जनाइएको छ  ।

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन, संकटग्रस्त उद्योगमा कुनै प्रकारका धम्की-त्रासका वातावरण सिर्जना नगराउन तथा उद्योगमा कार्यरत हजारौँ श्रमिकको रोजगारीको संरक्षण गराउन प्राधिकरणसहित सम्बन्धित सबैमा सङ्घले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : १७ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका