अझै रोकिएन वर्षा, छाता ओढेर दर्शक खेल हेर्न कुर्दै (फोटो फिचर) « Khabarhub

अझै रोकिएन वर्षा, छाता ओढेर दर्शक खेल हेर्न कुर्दै (फोटो फिचर)


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हो। तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आशमा छाता ओढेर कुरेर बसेका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो ।

नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।

उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन् । तर, वर्षा भने भइरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  २ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै