सुरु हुँदै रारा फुटबल प्रतियोगिता « Khabarhub

सुरु हुँदै रारा फुटबल प्रतियोगिता


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।

जिल्लाको दोस्रो ठूलो यस फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रारा ९राजारानी० फुटबल क्लब धनकुटाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । चण्डी पूर्णिमाको अवसर पारेर यही वैशाख २८ गतेसम्म राजारानी खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालभरिका उत्कृष्ट तथा ए डिभिजन फुटबल टोलीको सहभागिता रहनेछ ।

गोर्खा बु्रअरीको प्रायोजन तथा चौबिसे गाउँपालिकाको सहयोगमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा आठ फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि लिम्बूले जानकारी दिए । रु ३६ लाख ५० हजारको अनुमानित खर्चमा सम्पन्न हुन लागेको उक्त प्रतियोगिताका बिजेताले नगद तीन लाखसहित शिल्ड पाउनेछ ।

त्यस्तै दोस्रो हुने टोलीले नगद रु एक लाख ५० हजार नगद पाउने आयोजक संस्थाका सचिव युवराज कटुवालले जानकारी दिए।

विसं २०५८ देखि सञ्चालनमा आएको यस प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताए । हरेक वडामा खेल मैदान रहेको यस गाउँपालिकालाई फुटबलको क्षेत्रमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलोका रुपमा धनकुटा जिल्लामा परिचित छ ।

नेपालका नम्बर एक गोलकिप्पर किरण चेम्जोङ्ग, ए डिभिजनका खेलाडीहरू बुद्ध चेम्जोङ्ग, अनुप लिम्बू, सिर्जना चेम्जोङ्ग, अण्डर १७ मा खेल्ने धीरज विश्वकर्मा, राष्ट्रिय रेफ्री तुफान चेम्जोङ्ग यसै चौबिसे गाउँपालिका क्षेत्रका उत्पादन हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ३० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको