सुरु हुँदै रारा फुटबल प्रतियोगिता « Khabarhub

सुरु हुँदै रारा फुटबल प्रतियोगिता


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।

जिल्लाको दोस्रो ठूलो यस फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रारा ९राजारानी० फुटबल क्लब धनकुटाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । चण्डी पूर्णिमाको अवसर पारेर यही वैशाख २८ गतेसम्म राजारानी खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालभरिका उत्कृष्ट तथा ए डिभिजन फुटबल टोलीको सहभागिता रहनेछ ।

गोर्खा बु्रअरीको प्रायोजन तथा चौबिसे गाउँपालिकाको सहयोगमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा आठ फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि लिम्बूले जानकारी दिए । रु ३६ लाख ५० हजारको अनुमानित खर्चमा सम्पन्न हुन लागेको उक्त प्रतियोगिताका बिजेताले नगद तीन लाखसहित शिल्ड पाउनेछ ।

त्यस्तै दोस्रो हुने टोलीले नगद रु एक लाख ५० हजार नगद पाउने आयोजक संस्थाका सचिव युवराज कटुवालले जानकारी दिए।

विसं २०५८ देखि सञ्चालनमा आएको यस प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताए । हरेक वडामा खेल मैदान रहेको यस गाउँपालिकालाई फुटबलको क्षेत्रमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलोका रुपमा धनकुटा जिल्लामा परिचित छ ।

नेपालका नम्बर एक गोलकिप्पर किरण चेम्जोङ्ग, ए डिभिजनका खेलाडीहरू बुद्ध चेम्जोङ्ग, अनुप लिम्बू, सिर्जना चेम्जोङ्ग, अण्डर १७ मा खेल्ने धीरज विश्वकर्मा, राष्ट्रिय रेफ्री तुफान चेम्जोङ्ग यसै चौबिसे गाउँपालिका क्षेत्रका उत्पादन हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ३० बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक