टाइटनिकको भग्नावशेषमा भेटिएको नेकलेस कति वर्ष पुरानो? | Khabarhub Khabarhub

टाइटनिकको भग्नावशेषमा भेटिएको नेकलेस कति वर्ष पुरानो?


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

लन्डन – टाइटानिक भग्नावशेषको डिजिटल स्क्यान गर्दा मेगालोडोनको दाँतको हार फेला परेको छ ।

एक सय वर्ष अगाडी डुबेको जहाजको डिजिटल स्क्यान गर्दा टाइटानिकको भग्नावशेषमा मेगालोडोन भनिने प्रागैतिहासिक शार्कको दाँतको हार फेला परेको हो ।

गहिरो पानीमा अनुसन्धान गर्ने कम्पनी म्यागेलनका अनुसार १०० वर्ष अघि डुबेको टाइटानिकको भग्नाबशेषमा २३ मिलियन वर्ष पुरानो मेगालोडनको हार समुन्द्रको फेदमा फेला परेको हो ।

टाइटनिकको भग्नावशेषको स्क्यान गर्ने बैज्ञानिकहरुले मेगालोडोनको दाँत भएको सुनको हार दुनियालाई देखाएका छन् । जसलाई वैज्ञानिक नाम ओटोडस मेगालोडन भनेर चिनिन्छ, जुन प्रागैतिहासिक शार्क २ करोड ३० लाख वर्ष पहिले पृथ्वीको अस्तिवमा थियो ।

प्राग ऐतिहासिक मेगालोडनहरू आजको जीवित कुनै पनि शार्कभन्दा १० औं गुना ठुलो थियो र त्यसले अहिलेका ५ वटा सार्कहरुलाई एकैपटक खान सक्दथ्यो ।

टाइटानिकको पूर्ण आकारको डिजिटल स्क्यान गर्ने परियोजनाको क्रममा म्यागेलनले सो नेकलेस पत्ता लगाएको हो, जुन कम्पनीले इतिहासकै सबैभन्दा ठूलो पानी मुनिको स्क्यानिङ परियोजना भएको बताएको थियो।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ५४ बजे

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल