एक युवकको हत्याविरुद्ध फ्रान्समा प्रदर्शन जारी, ८७५ जना पक्राउ  « Khabarhub

एक युवकको हत्याविरुद्ध फ्रान्समा प्रदर्शन जारी, ८७५ जना पक्राउ 


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा एक १७ वर्षीय युवकको प्रहरीले गोली हानी हत्या गरेपछि सुरु भएको प्रदर्शन जारी रहेको छ । प्रदर्शनमा हजारौँ मानिस सहभागी हुने गरेका छन् ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ ।

सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ८७५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यी प्रदर्शनकारीमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन्।

प्राप्त रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजनी गरेका छन । सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजनी र तोडफोड भएका छन् ।

गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो । 

ड्राइभिङ लाइसेन्स नभएका अरबी मूलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक