परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्नमा छौँ : परराष्ट्रमन्त्री  | Khabarhub Khabarhub

परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्नमा छौँ : परराष्ट्रमन्त्री 


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– परराष्ट्रमन्त्री एनपी साउदले तरल रहेको परराष्ट्र नीतिलाई सरकारले स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन्।

उनले केही तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयत्न गरिरहेको उल्लेख गर्दै परराष्ट्र नीतिको सम्बन्धमा संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गरिने बताए । 

उनले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौँ, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी समेल हुँदैनौँ तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौँ हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’ 

उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए।

परराष्ट्रमन्त्री साउदले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे। बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ।

उनले भने, ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ । त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन ।’ उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम सम्बोधन गर्ने प्रयास गरिरहेको बताए।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १२ : ५५ बजे

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो